कैलाली लम्की चुहामा ४ कौवापुरमा रहेको बलिया खानेपानी सरसफाइ तथा उपभोक्ता समितीको चुनाव नजिकिँदै गर्दा माहोल तातिएको छ । आगामी १६ गते हुने निर्वाचनमा प्यानल बनाएर चुनावी मैदानमा उम्मेदवार उत्रिएका छन् । दान बहादुर रावत प्यानल बाट लेखा समितिको संयोजकमा उम्मेदवारी दिएका एकेन्द्र प्रसाद बजगाई(आरोहन) ले आफु लाई विजयी गराइदिन उपभोक्ता सङ्ग आग्रह गरेका छन् ।
को हुन त बजाई ??
बजगाई ती व्यक्ति हुन जो सामाजिक काममा निकै सक्रिय छ्न । गत कोरोना कालमा बलिया बजारमा हेल्प डेस्क संचालन गरेर कोरोनाको लडाईमा धेरै लाई बचाउन लागेका थिए । यत्ती मात्र नभएर उनले तत्कालीन समयमा बिरामी अस्पताल जान सवारी साधन नपाइ रहेको अवस्थामा आफ्नै निजि लगानीमा अटो सेवा समेत संचालनमा ल्याएका थिए । जसले गर्दा धेरै बिरामी लाई अस्पताल सम्म जान निकै सहज भएको थियो । पछिल्लो समय लागू पदार्थ दुर्व्येसनीमा लागेर युवाहरु फसी रहेको अवस्थामा सथै उनी तेस विरुद्ध समेत आवाज उठाउदै आएका छन् । कतै एक एक छाक टार्न पनि मुस्किल भएको परिवार छ भन्ने थाह पाउने बित्तिकै अहिले पनि खाद्यान्न लिएर पुगिहाल्छ्न ।
समाजमा हुने बेतिथी बिसंगति विरुद्ध सधै आवाज उठाउने युवाहरुको प्रेरणाको स्रोत बजागाइले यसपाली लेखा संयोजकमा विजयी गराईदिन आग्रह गरेका छ्न ।



उनले सामाजिक संजाल फेसबुकमा भनेका छन् “आदरणीय लम्किचुहा नगरपालिका वडा नं. ४ बासी आमा बुवा ,दाजुभाइ तथा दिदि बहिनि हरु हाम्रो बलिया खानेपानी सरसफाई तथा उपभोक्ता समिति को यही बैशाख १६ गते हुन गइरहेको निर्वाचनमा स्याउ चुनाव चिन्हबाट लेखा संयाेजक पदमा मेरो उम्मेदवारी भएकोले मलाई आफ्नो अमुल्य मतदान गरि दान बहादुर रावत नेतृत्वको सम्पुर्ण उम्मेदवारहरुलाई बिजय गराईदिनहुन हार्दिक अनुरोध गर्दछु।।।
लेखा संयाेजक : एकेन्द्र प्रसाद बजगाई(आरोहन)
चुनाव चिन्ह :स्याउ
लामो समय देखि चुनाव हुन नसकेको उक्त संस्थाको चुनाव यसपाली हुन लागेको हो । उनले आफू मात्र नभएर आफ्नो टिमका सम्पुर्ण लाई जिताउन उपभोक्ता समक्ष अपिल गरेका छन् ।

