कैलाली २ का संघीय सांसद चौधरी र सुदुर पश्चिम प्रदेशका भौतिक मन्त्री देउवा बीच भेटबार्ता

मङ्लबार, साउन ३०, २०८०, काठमाण्डौ । 

कैलाली क्षेत्र नम्बर २ संघीय सांसद अरुण कुमार चौधरी र सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा बीच भेटबार्ता भएको छ । पछिल्लो समय सुदुर पश्चिम प्रदेशमा भइ रहेका सरकारका गतिविधि र बाढी पहिरो र नदि कटानको समस्या बारे छ्लफल भएको सांसद चौधरीको सचिवालयले जानकारी दिएको छ । विषेश गरि कैलाली क्षेत्र नम्बर २ मा यो आर्थिक वर्षमा हुने विकासे योजना बारे सांसद चौधरीले चासो लिएका थिए बर्खामा हुने नदि कटान हुने क्षेत्रमा तटबन्ध,आवश्यक परेका ठाउँहरुमा झोलुङ्गे र पक्की पुल निर्माणम तिनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका थिए ।
भेटमा मन्त्री देउवाले प्रदेश सरकारले गर्ने कुराहरुमा कमि नगर्ने बताएका थिए । तिनै तहमा विजयी भएका प्रतिनिधि मिलेर प्रदेश लाई समृद्ध बनाउन लाग्नु पर्ने बताएका थिए ।


भौतिक मन्त्री सङ्गै प्रदेश सरकारका राज्य मन्त्री गिता देबि माल सङ्ग भेट गरेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका हरु लाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका छ्न ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवीन सर्मा

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नवीन सर्मा

नवीन सर्मा

मङ्लबार, साउन ३०, २०८० (August 15, 2023, 7:28 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै