Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

राजपा नेताहरुले प्रधानमन्त्री भेट्न खोज्दा समय पाएनन्

User Photo
शुक्रबार, साउन २५, २०७५

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् ।

‘विगतमा हामी (राजपा)सँग भएको संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका माग्न खोजिएको हो’, ठाकुरले भने, ‘हिजो बिहीबार भेट्ने हाम्रो निर्णय थियो तर, वालुटारबाट प्रधानमन्त्री व्यस्त रहेको भन्दै फोन आयो भेट हुन पाएन ।

आज कुनै खबर आएको छैन ।’ संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए । तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नमिलेको हो । यसअघि राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले गत मंगलबार प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर छलफल गरेका थिए ।

‘मंगलबारको भेटमा पनि मैले विगतको सहमति कार्यान्वयन र समग्र मधेसको विकासको खाकाबारे प्रधानमन्त्रीसँग कुरा गरेको हुँ’, ठाकुरले भने, ‘जनकपुरमा मनिपाल अस्पताल निमार्णको काम रोकिएको छ । सडक विस्तार र गुणस्तरीय बनाउनुपर्ने छ । यसमा राज्यको ध्यान छैन । यस्ता विकास निमार्णका सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.