Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

काँग्रेस कार्यालयमा नेविसंघले आज पनि प्रदर्शन गर्ने

User Photo आइतवार, मंसिर २, २०७५

काठमाडौँ । नेपाल विद्यार्थी संघको म्याद थप र पार्टीको महासमिति बैठकबारे थप निर्णय गर्न काँग्रेसलाई सकस परेको छ । नेविसंघको निर्णय गर्न शनिबार बोालइएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन आज बस्दैछ ।

आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको र सोही बैठकले नेविसंघबारे निर्णय गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशन गर्न भन्दै थपिएको नेविसंघको तीन महिने कार्यकाल आजबाट सकिँदैछ । आज बेलुकाबाट नेविसंघको वैधानिक हैसियत सकिने भएकाले त्यसबारे निर्णय लिनुपर्ने बाध्यता काँग्रेसलाई छ ।

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन बाँकी छन् ।

थपिएको समयमा महाधिवेसन नभएपछि काँग्रेसले अव कि पुरानै नेविसंघको कार्यसमितिलाई म्याद थपेर निर्वाचन गराउने निर्देशन दिनेछ या वर्तमान कार्यसमिति भंग गरेर अर्को तदर्थ समिति बनाएर उसलाई निर्वाचन गर्न दिने विकल्प रोज्नेछ ।

यसमा सभापति शेरबहादुर देउवापक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा छ भने रामचन्द्र पौडेलपक्ष विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा छ ।

यहि विवादले काँग्रेस अनिर्णित हुँदै आएको छ । यसबारे शनिबार भएको काँग्रेस नेताहरुबीचको अनौपचारिक छलफलमा सहमति हुन नसकेपछि बैठक आजलाई राखिएकोे हो ।

काँग्रेसको संस्थापन पक्षले नेविसंघमा टिका लगाएर नयाँ नेतृत्व चयन गर्न सक्ने भन्दै केही असन्तुष्ट नेविसंघका नेता कार्यकर्ताले शनिबार पार्टी कार्यालयमा प्रदर्शन समेत गरेका छन् । उनीहरुले टीका लगाएर नेतृत्व चयन गर्ने चाहना पुरा हुन नदिने भन्दै आज पनि काँग्रेस कार्यालयमा धर्ना र प्रदर्शन दिने तयारी गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.