
कैलालीको लम्की चुहाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बटालाले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय लम्कीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बटालाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए। ‘म नष्ट हुन्छु भ्रष्ट हुन्न” भन्ने अभियान सहित मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए।
उनले चुनाब चिन्न पाएपछि लम्कीचुहा बासी लाई एक पटक मत र मन परिवर्तन गर्न आग्रह गरेका छ्न ।