Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

User Photo आइतवार, पुस १३, २०७६
काठमाण्डाै ।

सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ ।

फेसबुक म्यासेन्जरमा अहिलेसम्म आफ्नो फोन नम्बरबाट समेत साइन अप गर्न सकिने सुविधा थियो र फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई आबद्ध गर्ने बाध्यता थिएन । तर अबचाहिँ म्यासेन्जरमा नयाँ अकाउन्ट खोल्नका लागि आफ्नो फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई जोड्नै पर्नेछ ।

फेसबुकले लागू गरेको नयाँ नियम केवल म्यासेन्जरका नयाँ प्रयोगकर्ताका लागि मात्रै रहेको बताइएको छ ।

अर्थात् यसअघि नै फोन नम्बरको सहयोगमा म्यासेन्जरमा खाता खोलेका प्रयोगकर्ताहरू यो नयाँ परिवर्तनबाट प्रभावित हुने छैनन् । त्यसैले फोन नम्बरबाट म्यासेन्जरमा साइनअप गर्ने पुराना प्रयोगकर्ताहरूले आफ्नो म्यासेन्जरलाई फेसबुक अकाउन्टसँग लिंक गर्नु आवश्यक छैन ।

यद्यपि, पुराना म्यासेन्जर प्रयोगकर्ताका लागि नयाँ नियम लागू नहुने फेसबुकले बताएता पनि कतिपय पुराना म्यासेन्जर प्रयोगकर्ताहरूले फोन नम्बरबाट म्यासेन्जरमा लगइन गर्न समस्या उत्पन्न हुन थालेको गुनासो गरिरहेका छन् । तर यस्तो समस्या फेसबुकले लागू गरेको नयाँ नियमका कारणभन्दा पनि बगका कारण उत्पन्न भएको हुनसक्ने बताइएको छ ।

फेसबुकले आफ्ना मुख्य एपहरू फेसबुक, म्यासेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको खबर केही समयअघि आएको थियो ।

पछिल्लोपटक उसले लागू गरेको उक्त नयाँ नियम फेसबुकको सोही योजनाको एक भाग रहेको कतिपयले अनुमान गरेका छन् । अहिले ह्वाट्सएपका प्रयोगकर्ता डेढ अर्ब छन् भने मेसेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ता क्रमशः १ अर्ब ३० करोड र १ अर्ब रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.