Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

क्यारेवियन लिगमा सन्दीपकाे शानदार डेब्यू

User Photo
शुक्रबार, साउन २५, २०७५

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा शानदार डेब्यू गरेका छन् । तर, उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स हारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको गुयाना वारियर्सको पहिलो विकेट नै सन्दीपले लिए । दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सीपीएलको डेब्यूलाई शानदार बनाए ।

उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । समग्रमा ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

तर, वेष्ट इण्डिजका यू–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले शानदार पारी खेलेपछि क्रिस गेल र सन्दीप दुवै छायाँमा परे ।

उनले मात्र ४५ बलमा ७९ रनको अविजित पारी खेलेपछि गुयाना वारियर्सलाई २१ बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.