Naya Media
मङ्लबार, असार ३, २०८२
| | June 17, 2025
मङ्लबार, असार ३, २०८२
Advertisement

रोनाल्डो अस्पताल भर्ना

फ्यानहरु चिन्तित

User Photo
सोमवार, साउन २८, २०७५

एजेन्सी । ब्राजिलका आइकन गत शुक्रबार अस्पताल भर्ना भएका छन् ।

निमोनियाले ग्रस्त भएपछि रियल म्याड्रिडका पूर्व फरवार्डलाई इबिजास्थित अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।


advertisement

त्यसपछि उनलाई क्लिनिका नुइस्ट्रा सेनोरा डेल रोसारियो नामक निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

४१ वर्षीय खेलाडी अस्पताल भर्ना भएको खबर बाहिर आएपछि विश्वभरका उनका फ्यानहरु चिन्तित बनेका थिए । धेरैले समाजिक सञ्जालमा उनको शीर्ष स्वास्थ्यलाभको कामना गरेका थिए ।

आइतबार रोनाल्डोले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै आफ्नो स्वस्थ्य स्थितिबारे पछिल्लो अपडेट प्रदान गरेका छन् ।

उनले शुक्रबार अस्पताल भर्ना भएको पुष्टि गर्दै अहिले स्वास्थ्यमा सुधार आएको बताएका छन् । ‘भोलि म डिस्चार्ज हुँदैछु र घर फर्कनेछु,’ उनले लेखेका छन् ।

उनले माया र सन्देशका लागि सबैलाई धन्यवाद दिएका छन् ।

स्पेनिस टापुमा रोनाल्डो यतिबेला छुट्टी मनाइरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.