Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

साफ च्याम्पियनसिपको लागि विराजको कप्तानीमा २० सदस्यीय नेपाली टोली घोषणा

निराजन खड्काको कमब्याक

User Photo
सोमवार, भदौ ११, २०७५

काठमाडौँ : बंगलादेशमा सेप्टेम्वर ४ देखि सुरु हुने साफ च्याम्पियनसिप फुटबलका लागि विराज महर्जनको कप्तानीमा नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन्।

टोलीमा निराजन खड्काले कमब्‍याक गर्दा नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की भने अटाएनन्। यसैगरी डिफेण्डर सुमन अर्यालले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। यसअघि प्रारम्भिक चरणमा छनोटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो।

बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन्।

 

२० सदस्यीय नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने

डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.