Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

नेपालको पहिलो जित

User Photo बुधबार, अशोज १०, २०७५

नेपालले भारतको आगरामा जारी ४६औं यू-१८ एसियन स्कुल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३-१ गोलले पराजित गर्‍यो। नेपालका लागि टीकाराज गुरुङले दुई तथा कप्तान दिनेश हेन्जमले एक गोल गरे। लगातार दुई खेलमा पराजय बेहोरेको नेपालले सुरुआतबाटै दबाब बनाएको थियो।

प्रतियोगिताको दाबेदार मानिएको चीनलाई पराजित गर्ने क्रममा टीकाराज गुरुङले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। कप्तान दिनेश हेन्जमको पासमा टीकाराजले बललाई जाली चुमाएका थिए।

एकतर्फी खेलमा अफगानिस्तानलाई ९-० गोलले पराजित गरेको चीनका लागि वाङ झियाङले खेलको ३२औं मिनेट बराबरी गोल गरेका थिए। लु सुङले प्रहार गरेको कर्नर क्रसबारमा लागेर रिबाउन्ड हुँदा वाङले आकर्षक गोल गरेका थिए।

पहिलो हाफमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। तर दोस्रो हाफमा नेपाली टोलीले पकड बनाएको थियो। खेलको ७०औं मिनेटमा कप्तान हेन्जमले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। चिनियाँ टोलीका गोलरक्षक झाङ तिङयाझुलाई कुनै मौकै नदिई बलले जाली चुमेको थियो।

 चीनका खेलाडीले नवीन गुरुङलाई खराब ट्याकल गरेपछि नेपालले फ्रिकिक पाएको थियो। २-१ गोलले अग्रता लिएपछि हौसिएको नेपाली टोलीले खेलको ७४औं मिनेटमा अग्रता बढाएको थियो। जय गुरुङले उपलब्ध गराएको क्रसमा टीकाराज गुरुङले टोलीका लागि दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए।  जितसँगै अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना कायमै रहेको छ। नेपाल समूह एमा रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.