Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा

User Photo आइतवार, असार १५, २०७६
काठमाण्डाै ।

सिंगापुरमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। प्रतियोगिता साउन ६-१२ गतेसम्म सन्चालन हुँदै छ।

छनोट प्रतियोगितामा नेपालसहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली मात्र विश्वस्तरको छनोटमा पुग्ने छ। प्रतियोगितामा नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुने छ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।

क्षेत्रीय छनोटबाट गएका ६ टोली र गत विश्वकप खेलमध्ये ८ टोलीसहित १४ टोलीले विश्वस्तरको छनोटमा प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताको शीर्ष ६ टोली विश्वकपमा छनोट हुनेछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.