
इटालियन फुटबल क्लब फ्लोरेन्टिनाका ३ खेलाडी र ३ जना कर्मचारीलाई कोभिड–१९ को संक्रमण देखिएको छ ।
उनीहरुलाई टोलीका अन्य सदस्यबाट अलगै आइसोलेसनमा राखेर उपचार गरिदैछ ।
सिरिए ए क्लबहरुलाई इटालीको सरकारले प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । तर, खेलाडीहरुले एक्लाएक्लै मात्र प्रशिक्षण गर्न पाउनेछन् ।
बुधबार अर्को क्लब टोरिनोको एकजना खेलाडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
उनलाई पनि आइसोलेसनमा राखिएको छ ।
दुवै क्लबले संक्रमित खेलाडी र स्टाफको नाम खुलाएको छैन । एक वक्तव्य जारी गर्दै फ्लोरेन्टिनाले प्राटोकल अनुसार संक्रमितलाई आइसोलेट गरेको जनाएको छ । त्यस्तै, मैदानमा गतिविधि सुरु गर्न अघि सबै खेलाडीहरुको स्वास्थ्य परीक्षण पनि गरिने क्लबले जनाएको छ ।
आठ हप्ता लामो लकडाउनपछि इटालीले प्रतिबन्ध खुकुलो पार्न सुरु गरेको छ । इटालीका क्लबहरु प्रशिक्षणमा फकिए पनि लिग कहिलेदेखि सुरु हुन्छ भन्नेमा अन्यौल कायम नै रहेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द