बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई लिएर विश्वभर चर्चा भइरहेको छ । बुधबार बेलुका बार्सिलोनाका स्पोटिङ डाइरेक्टर रोमन प्लान्सले मेस्सीलाई बार्सिलोना राख्ने प्रयास जारी रहेको बताएका थिए ।मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारिया बर्तमोउलाई आफु क्लब छाड्ने निर्णयमा पुगेको भन्दै मंगलबार राति पत्र लेखेका छन् । उनले उक्त पत्र लेखेपछि अहिले मेस्सीको नजरमा कुन क्लब उत्कृष्ट वा उनी बार्सिलोनामै रहलान् भन्ने जिज्ञासा उनका समर्थकमा चलिरहेको छ ।
मेस्सी क्लबको कार्यशैलीलाई लिएर असन्तुष्ट रहेको बताउँदै उनले बर्तमोउले राजिनामा दिनु राम्रो भएको बताएका छन् ।‘यदी मेस्सी क्लबमै रहने त्यहाँ कुनै विकल्प छ भने बार्तामेउले राजीनामा दिनुपर्छ,’ फोन्टले एक कुराकानीमा भनेका छन् ।बार्सिलोनाका कप्तान मेस्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरको फराकिलो अन्तरले पाजित भएपछि क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।उनले क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटघाटा आफुले बार्सिलोनाभन्दा बाहिर भविष्य देखेको बताएका छन् ।उनको बार्सिलोनासँगको सम्झौतामा हरेक सिजनको अन्तीममा यदि उनले क्लब छाड्न चाहे जान सक्नेगरि सम्झौता भएको छ ।मेस्सीले त्यसै क्लजलाई प्रयोग गर्न चहाएका छन् । सिजन जुनमा सिकिन्थ्यो भने अहिले कोरोना भाइरसका कारण पछि धकेलिएको अवस्थामा पनि त्यो क्लज लागु हुनु पर्ने माग मेस्सीले गरिरहेका छन् ।
