Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

प्रथम किसान सहकारी जेसिज क्रिकेट कप- छैटौं दिनको खेलमा गणेशबाबा, सन्त निरंकारी र पायनियर्स एकेडेमी विजयी

User Photo बिहिबार, चैत्र १९, २०७७
लम्की, कैलाली ।

प्रथम किसान सहकारी जेसिज क्रिकेट कप २०७७ कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ व्यवस्थित नगरमा बिहीबार ३ खेल सम्पन्न भएका छन् ।

आज बिहीबार भएको पहिलो खेलमा गणेशबाबा स्कुल टीकापुर र आदर्श नमुना मावि लम्कीबीच भएको खेलमा गणेशबाबा स्कुल टीकापुरले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन बनाउन सफल भयो ।

गणेशबाबा स्कुलका कप्तान सुवास रावलले २१ बलमा २ छक्का र ४ चौककाो मद्दतले ४४ रन जोडे । राजेन्द्र खनालले २२ बलमा २४ रन बनाए ।

आदर्श नमुना मावि लम्कीका उपेन्द्र लामिछानेले ३ विकेट , चेतन लामिछानेले १ विकेट लिए । आदर्श नमुना मावि लम्कीले १४.२ ओभरमा अल आउट हुँदै ९० रन मात्र बनाउन सक्यो । आदर्श नमुना माविका लागि चेतन लामिछानेले १८ रन , भुपेन्द्र अधिकारीले १२ रन , बनाए । गणेशबाबा टीकापुरका जीवन बोगटीले ३ विकेट , पारस तिमिल्सेना , राजेन्द्र खनाल , र जनक बमले समान २/२ विकेट लिन सफल भए ।

उक्त खेल गणेशबाबा टीकापुर  २१ रनले विजयी भयो भने गणेशबाबाका सुवास रावल म्यान अफ द म्याच बन्न सफल भए । आज बिहीबार भएको दोस्रो खेलमा बालबाटिका विद्या मन्दिर बौनिया र सन्त निरंकारी स्कुल टीकापुरबीच भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिका बौनियाले ११.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८८ रन बनायो । बालबाटिकाका लागि पारस भुलले १४ रन , हिमाल मल्लले १३ रन बनाए ।

सन्त निरंकारी टिकापुरका अनिल रावल , सागर रावल र देवेन्द्र बोहराले समान २/२ विकेट लिन सफल भए । सन्त निरंकारी टिकापुरले १४.३ ओभरमा ९ विकेट गुमाउँदै ८९ बनाउन सफल भयो । सन्त निरंकारीका लागि अनिल रावलले १९ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ३७ रन नट आउट बनाउन सफल भए । बालबाटिका बौनियाका हिमाल विक र लालबहादुर विकले समान २/२ विकेट हात पार्न सफल भए । उक्त खेल सन्त निरंकारी टीकापुरले १ विकेटले रोमाञ्चक विजयी भयो । उक्त खेलमा सन्त निरंकारी टिकापुरका अनिल रावल म्यान अफ द म्याच बन्न सफल भए ।

यस्तै आज बिहीबार भएको तेस्रो खेलमा पायनियर्स एकेडेमी लम्की र पानशदीप स्कुलबीच भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पायनियर्स लम्कीले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८४ रनको लक्ष्य दियो । पायनियर्स एकेडेमी लम्कीका हेमन्त ओली १४ रन , सन्देश शाही २१ रन , सुचन ओली १२ रन बनाउन सफल भए । पानसदीप स्कुलका रोसन साउद , विजय गौतम , प्रकाश बिष्टले समान २/२ विकेट लिन सफल भए । पानसदीप स्कुल १०.३ ओभरमा अल आउटहुँदै ५३ रन मात्रै बनाउन सक्यो ।

पानसदीपका विवेक ओलीले १० रन बनाउन बाहेक अन्य ब्याटस म्यानले दोहोरो अंक जोड्न सकेनन् । पायनियर्सका दिपक रेग्मी र रमेश थापाले ३/३ विकेट लिन सफल भए भने यज्ञराज शाहीले २ विकेट , सुचन ओली र महेश शाहले समान १/१ विकेट लिए ।

उक्त खेल पायनियर्स एकेडेमी लम्कीले ३० रनले विजयी भयो । पायनियर्स एकेडेमी लम्कीका दिपक रेग्मी म्यान अफ द म्याच बन्न सफल भएका अफिसियल प्रमोद आचार्यले जानकारी दिएका छन् ।

यस्तै शुक्रबार हुने पहिलो खेल कैलाली पब्लिक भल्का र गणेशबाबा स्कुल टीकापुर , दोस्रो खेल सफल सुदुरपश्चिम एकेडेमी लम्की र कैलाली नेशनल स्कुल मोतिपुरबीच हुने र अन्तिम खेल क्याम्ब्रिज स्कुल बलिया र नव बालबाटिका बौनियाबीच हुने अफिसियल आचार्यले जानकारी दिए ।

लम्की जेसिज मुख्य आयोजक रहेको खेलमा सह – आयोजक लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ । प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट कप प्रतियोगितामा  कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रका स्कुलहरू , बर्दगोरिया गाउँपालिका क्षेत्रका स्कुलहरू , टीकापुर नगरपालिका क्षेत्रका स्कुलहरूबाट १८ वटा विद्यालयबाट १८ वटा टीमको सहभागीता रहको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.