Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, डलरको भाउ ११८ भन्दा माथि

User Photo शुक्रबार, अशोज १९, २०७५

नेपाली रुपैयाँ अहिलसम्मकै कमजोर भएको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबारलाई तोकेको विदेशी विनीमयदरअनुसार एक डलरको खरिददर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ। डलरको यो मूल्य अहिले सम्मकै उच्च विन्दुमा हो। पछिल्लो दुई महिनाको अवधिमा डलरको मूल्य नेपाली रुपैयाँसँगको तुलनामा करिब १० रुपैयाँले बढेको छ।

डलरको मूल्यको बढ्दा नेपालबाट निर्यात हुने सामाग्री, नेपालमा आउने विप्रेषण तथा पर्यटन क्षेत्रमा सकरात्मक असर पार्छ। यसैको असर स्वरुप साउन महिनामा विप्रेषण आप्रवहा ३३ प्रतिशत वृद्धि भइ करिब ७५ अर्ब रुपैया पुगेको छ।

डलर बढ्दा आयात केन्द्रित रहेको नेपालको व्यापार असन्तुलन भने बढाउँछ। खासगरी भारतसँग स्थिर विनिमयदर रहेको नेपालको मुद्रा भारतको मुद्रा कमजोर भएकै कारण अबमूलल्यन भएको हो। अमेरिकी मुद्राको माग बढदै गएपछि संसारका धेरै राष्ट्रको तुलनामा डलर महंगो बन्दै गएको हाे। भारतीय विश्लेषकहरुले भारतमा ७५ भारुसम्म डलरको मूल्य पुग्ने विश्लेषण गरेका छन्। यसो गर्दा नेपालमा १२० रुपैयाँ सम्म पुग्ने छ। आफ्नो मुद्रा यसरी कमजोर बन्दै गएपछि कुटनीतिक पहल चाल्न भारतीय विज्ञहरुले सरकारलाई आग्रह गरेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.