पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

मङ्लबार, मंसिर ४, २०७५, । 

काठमाडौं । संघीय सांसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाइँ दुइवटा एक करोड रुपैयाँभन्दा बढी मुल्यका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ ।

माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो ।

स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।,  नागरिक दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, मंसिर ४, २०७५ (November 20, 2018, 6:56 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै