Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

‘महेन्द्र राजमार्ग’ व्यक्तिको नाममा पास भएको खुलासा

User Photo
मङ्लबार, माघ २२, २०७५

रौतहट – ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसँग जोडिएको जमिनको राजस्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाईकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.