मेल घट्टी माध्यमिक विद्यालयमा शिक्षकको मनोमानी, अनुगमन टोलि पुग्दा बिद्यालयमा ताला ( भिडियो सहित )

शुक्रबार, फाल्गुन २४, २०७५, । 

इस्वर जैशी
फाल्गुन २४ शुखड
कैलालीको घोडाघोडी नगरपालिका -४ जनकपुरमा रहेको श्री मेल घट्टी माध्यमिक विद्यालय जनकपुरका शिक्षकहरुले आफु खुसी रुपमा विद्यालय चालू र बन्द गर्ने गरेको पाइएको छ । घोडाघोडी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा दिन प्रतिदिन कमि आइरहदा समेत सम्बन्धित सरोकार राख्ने पक्षले वयवास्था गरेको भन्दै, विद्यार्थीका अविभावकहरुको गुनासो आउन थाले पछि, घोडाघोडी नगरपालिका अन्तरगत रहेको शिक्षा शाखाका प्रमुख उमेश राज रेग्मी सहितको टोलिले बिहीबार छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा घोडघोडी नगरपालिका -४, जनकपुर मा रहेको मेल घट्टी माद्यामिक विद्यालयका शिक्षकहरुले बिहान ११ बजे नै विद्यालय बन्द गरेको भेटिएको छ । शिक्षकहरु नियमितरुपमा विद्यालय नआउने र बिदामा बस्ने तर रजिस्ट्ररमा हाजिरी लगाउने गरेको पाइएको छ । अनुगमनका क्रममा विद्यालय अध्यापन गराउदै आइरहेका ९ जना शिक्षकको एक दिनको तलब काटिएको छ भने बिदामा रहदा समेत हाजिरिमा उपस्थिति जनाउने शिक्षकहरुलाइ भोलि नै पत्र पठाइ स्पष्टीकरण सोधिने र त्यस पछि मात्र आवश्यक कार्बाही को प्रक्रिया अगाडी बढाउने घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख रेग्मीले बताउनु भएको छ । उक्त विद्यालयका प्राध्यापक खगेन्द्र राज सुवेदी समेत विद्यालयमा अनुपस्थित रहेका थिए उनी राहत शिक्षकहरुको आन्दोलनमा सरिक हुन केहि दिन पहिले देखि काठमाडौमा रहेका छन । यता निमित्त प्राध्यापक रुद्र प्रसाद भट्टका अनुसार आफुहरुले आज ग्याल्पोलोसार परेकाले बिदा हो सोचेर विद्यालय बन्द गरेको बताएका थिए तर हाजिरीमा भने उनको समेत उपस्थिति रहेको छ । घोडाघोडी नगरपालिका -४ मा रहेको मेलघट्टी माध्यमिक विद्यालयमा शिक्षामा कम गुणस्तर तथा विद्यालयमा धेरै समस्या रहेको भन्दै यसभन्दा पहिले विद्यालयलाई सिताकुण्ड माध्यमिक विद्यालय गणेशपुरमा घोडाघोडी नगरपालिकाले समायोजन समेत गरेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, फाल्गुन २४, २०७५ (March 8, 2019, 10:39 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै