Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

खुलामञ्च सटर काण्ड नसेलाउँदै, मेयर निकटलाई रत्नपार्कको जग्गा सुटुक्क

३२ वटा पसलबाट दैनिक १५ हजारभन्दा बढी भाडा असुल्ने

User Photo बुधबार, बैशाख १८, २०७६
काठमाण्डाै ।

काठमाडौं । खुलामञ्चमा सटर बनाएर बेचेको काण्ड नसेलाउँदै रत्नपार्कको जग्गा कानून विपरित व्यक्तिलाई प्रयोग गर्न दिएको तथ्य फेला परेको छ ।

खुलामञ्च र रत्नपार्कबीचको दुईमाजु मन्दिरको जग्गा गुठी संस्थानले व्यावसायीक प्रयोजनका लागि अनधिकृत रुपमा भाडामा लगाएको पाइएको हो । गुठी संस्थानले भीमसेन गाउँपालिका- २, गोरखा (हाल तीनकुने काठमाडौं)की अमृता भट्टराईलाई २०७५ मंसिर ९ गते भाडामा दिएको हो ।

एक रोपनी भन्दा बढी क्षेत्रफलको यो जग्गा पाँच वर्षका लागि दिइएको हो । पाँच वर्षपछि अवधी थप्न सकिने सम्झौतामा उल्लेख छ । ‘दुवै पक्षको सहमतिमा सम्झौता अवधी थप गर्न सकिनेछ’, सम्झौतापत्रमा लेखिएको छ ।

गुठी संस्थानले माथिको आदेश भन्दै व्यावसाय सञ्चालनका लागि जग्गा दिएको देखिन्छ । सम्झौतापत्रमा ‘सामान्य व्यावसाय सञ्चालन’ गर्न पाउने उल्लेख छ ।

सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध हो । संस्थानका प्रवक्ता सरोज थपलियाले मन्दिर रेखदेख गरिरहेकी भट्टराईलाई तलब वृद्धिको सट्टा जग्गा भाडामा दिएको बताए ।

‘तलब वृद्धिको कुरा चलिरहेको बेला उहाँले तलब बढाउनु पर्दैन, जग्गा भाडामा दिए हुन्छ भनेपछि दिने निर्णय भएको हो’, थपलियाले भने, ‘त्यसकारण बोलपत्र आहृवान गरिएन ।’

मुलुकी देवानी (संहिता) ऐन, २०७४ अन्तर्गत सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत स्थानीय सरकारहरूको हो ।

जसअनुसार काठमाडौं महानगरपालिका-२८ मा रहेको यो जग्गाको संरक्षणको जिम्मेवारी महानगरको पनि हो । तर महानगरपालिकाले खुल्लामञ्चको अवैध सटरजस्तै यो जग्गा भाडा प्रकरणलाई पनि नदेखे जस्तो गरेको छ ।

गुठी संस्थानका एक अधिकारी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यकै पहलमा भट्टराईलाई यो जग्गा उपलब्ध गराइएको दाबी गर्छन् । उनका अनुसार, जनसेवा सामुदायिक प्रहरीमा कार्यरत पदम भट्टराईकी श्रीमती हुन्, अमृता ।

गुठी संस्थानका अधिकारीका अनुसार प्रहरी हबल्दार पदमले शाक्य जनसेवा सामुदायीक प्रहरीको अध्यक्ष भएका बेला विद्यासुन्दरसँग निकट सम्बन्ध बनाएका हुन् । ‘पदमको पत्नी भएकैले अमृता भट्टराईले मन्दिरको जग्गा पाएकी हुन्’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘त्यसको पहल पनि मेयरज्यूबाटै भएको हो ।’

खुलामञ्चमा बनाइएको सटरमा सरकारले शनिबार डोजर चलाएपछि विचल्लीमा परेका एक व्यापारी भन्छन्, ‘हामीले सलामी तिरेर लिएको सटर भत्काइयो तर, छेवैको सरकारी जग्गामा पसलहरु चलिरहेको छ ।’

सम्झौतापत्रको दोस्रो बुँदा अनुसार, गुठी संस्थानले अमृता भट्टराईबाट मासिक १५ हजार रुपैयाँ भाडा लिइरहेको छ । भट्टराईले भने मासिक पाँच लाख रुपैयाँ भाडा उठाइरहेको त्यहीका व्यापारीहरू बताउँछन् । त्यहाँका एक व्यापारीले ३२ वटा पसलबाट दैनिक १५ हजारभन्दा बढी भाडा असुल्ने गरिएको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.