
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा घर घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। निर्वाचनका बेला गरेको चुनावी नारा आफुहरुले पूरा गरेको वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारीले बताउनु भयो । अन्य पालिकामा बैंक मार्फत बितरण गर्दा लाईन धेरै बेर लगाउने दु:ख दिने गरेको पाईन्छ त्यो भन्दा घर घर पुगेर भत्ता दिदा लाभग्राहि लाई धेरै सजिलो हुने अध्यक्ष अधिकारी बताउनु हुन्छ । आफू बिजयी भएर आए देखि नै आफू र आफ्नो टिमले घरमै पुगेर वितरण गर्ने गरेको उहाँले बताउनु भयो ।