
कैलालीको लम्की चुहा नगरपालिकाका आइसोलेसन ईन्चार्ज तप्त भण्डारीलाई कोरोना पोजेटिभ भएको छ ।
नेपालमा कोरोना फैलिएपछी सरकारले २०७६ चैत्र ११ गते देखि देशमा पुर्ण लकडाउन गरेपछि बाटै उहाँ लम्किचुहा स्वास्थ्य साखा बाट निरन्तर खटिनु भएको थियो ।
उहाँ तेति खेर झन खटिनु भयो जतिखेर नेपाल सरकारले भारत नेपाल आउने अनुमति दियो । लम्किचुहा नगरपालिकाले पनि भारत बाट आएकाहरु लाई पालिका भित्रका करिव ५० विद्यालयमा क्वारेन्टिन बनाएर राख्यो, तेतिखेर उहाँकै नेतृत्वको टिमले भारत लगायत अन्य ठाउँ बाट आएकाहरुको स्वाब संकलन गर्ने गर्थे ।
त्यसपछी लम्किचुहा नगरपालिकाले लम्किमा आईसोलेसन बनाए पछि उहाँ लाई आइसोलेसन इन्चार्ज बनाएर खटायो ।
आइसोलेसन इन्चार्ज भएपछी उहाँ झन खटिनु भयो । आइसोलेसनमा बसेका हरुलाई त्यहा खाना,औषधि दिने लगायत काम गर्न आइसोलेसनमा व्यास्त कतै स्वाब संकलन गर्नु पर्यो भने तेहि डौडिनु भयो ।
तेतिखेर कोरोनाले छुन नसकेको उहाँ लाई दशै तिहार मनाई सकेपछि केही संका लागेपछी मंसिर ८ गते स्वाब दिदा ९ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आयो ।
उहाँ भन्नू हुन्छ अहिले कोरोनाको डर तेति कसैलाइ छैन, मलाई पनि अब त लगभग कोरोना जिति सके भन्ने लागेको थियो तर केहि सामान्य लक्षण देखियो कोरोना टेष्ट गर्दा पोजेटिभ देखियो,केही सामान्य लक्षण देखिएको भएपनि जित्छु भन्ने विश्वास छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द