Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

लम्किचुहा ३ को बादी बस्तिमा एस नेपालले गर्यो ९० हजार सहयोग

User Photo सोमवार, पुस ६, २०७७
लम्की,कैलाली ।

बादी बस्तिका मानिसलाई आत्मा निर्भर बनाउन काम गरि रहेको ससक्तिकरणको क्षेत्रमा युवाहरु एस नेपाल र ईको कोओपरेसनको साझेदारिमा कैलाली जिल्लामा संचालित project REAL अन्तर्गत लम्की चुहा नगरपालिका बादी बस्तिमा संचालित कार्यक्रम लाई अगाडि बढाउन थप छलफल गरिएको छ । एस नेपालले कैलालीको धनगढीमा रहेको धुर्जन्ना सिबिर र लम्किचुहा ३ मा रहेको बादी बस्तीको स्तरउन्नति र आत्मानिर्भर बनाउन जिविको पार्जनका विभिन्न कामहरु गरि रहेको छ । सहकारीको माध्याम बाट बादी बस्तिलाई आत्मा निर्भर बनाउन साना किसान सहकारीकृषि संस्था लम्की चुहा २ भल्काको माध्याम बाट विभिन्न कामहरु अगाडि भढाईएका छ्न ।

केही समय पहिले साना किसान सहकारी लाई ८५ हजार सहयोग गरेकोमा ५२ घरधुरीले लाई सेयर सदस्यता लिएको साना किसान सहकारीकि प्रबन्धक माया शाहले जानकारि दिनु भयो ।
२३ परिवारलाई सहुलियत ॠण लगानी गरेर १९ परिवारले बाख्रा पालन र ४ जनाले व्यापार गरि रहेका छ्न ।
बादी बस्तिमा रहेका १४८ घर धुरी मध्य एक घर बाट एक जना गरेर ९७ जना साना किसानको सेयर सदस्य बनेका छ्न ।
बादी बस्तिका मानिसलाई आत्मा निर्भर बनाउन साना किसान कृषी सहकारी लाई सोमबार थप ९० हजार हस्तान्तरण गरेको एस नेपालका कार्यक्रम संयोजक नित्य नन्द जोशिले जानकारी दिनु भयो ।
कार्यक्रममा लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने,वडा सदस्य दिलमाया थापा,एस नेपालकी कार्यकारी प्रमुख दिपिका बोहरा, कार्यक्रम संयोजक नित्यनन्द जोशी,साना किसान सहकारी लम्किकी अध्यक्ष बिमला सिंह,प्रबन्धक माया शाह बादी बस्तीका नन्दराम बादी, एस नेपालकी सामुदायिक सहजकर्ता दिपा बिक लगायतकाको उपस्थित रहेको थियो ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.