Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

कैलालीमा अपराधका घटनामा बृद्धि भएकोप्रति कांग्रेस क्षेत्र नम्बर २ को गम्भीर ध्यानाकर्षण

User Photo मङ्लबार, पुस ६, २०७८
काठमाण्डौ ।

पछिल्लो समयमा कैलालीको पुर्बि क्षेत्रमा  दिनप्रति दिन भईरहेका जघन्य अपराधका घटना प्रति नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को गम्भीर ध्यानाकर्ष भएको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णु प्रसाद ढकालले आज एक प्रेस बिज्ञाप्ती जारी गदै एक पछि अर्को जघन्य अपराधिक घटनाहरु  हुदै  जानुले समाजनै त्रसित भएको उल्लेख गदै जनतालाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउन प्रशासन संग अनुरोध समेत गर्नु भएको छ ।

 बिज्ञाप्तीमा भनिएको छ, जिल्लाको पुर्बि क्षेत्रमा भैरहेका हत्या हिंसाका घटना बाट समाज ग्रसित भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २३ बर्षिय भुपेन्द्र वडुवालको बिभत्स हत्याभएको घटना सेलाउन नपाउदै, पिडितले न्याय नपाउदै  फेरी जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीका २५ बर्षिय अर्जुन दासको अमरावती सामुदायिक बनभित्र अमानवीय, क्रुर, विभत्स, जघन्यअपराधि तरीकाले हत्या भएको छ ।

 महिनै पिछे यस्ता दर्दनाक, क्रुर, अमानवीय तरीकाले हत्याका श्रृखला दोहोरीनु हाम्रो समाजको र्दुभाग्य हो, विज्ञाप्तीमा उल्लेख गरीएको छ । किशोर अवस्थामा अभिभावकको नियन्त्रण भन्दा बाहिर रहेका केहि युवाहरु लागुपदार्थ दुब्र्यशनीका कारण यस्ता जघन्य हत्याका श्रृखला दिनप्रति दिन बढीरहेका घटनाले अझै भावि पुस्ताहरु गलत बाटोमा हिडि रहेको छ, भन्ने प्रष्ट हुन्छ विज्ञप्तीमा भनीएको छ । यस्तो डरलाग्दो अवस्था बाट समाजलाई मुक्त गर्न र यस्ता कुलत एवम् गलत बाटोमा हिडेका युवाहरुलाई सहि मार्गमा ल्याउने दाईत्व र कर्तब्य राज्यको हो ।

दोषिमाथि कडाभन्दा कडा कारबाहिका साथ पिडित परिवारजनलाई उचित क्षेतिपुर्तिका लागि अनुरोध गदर्छु , नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णु प्रसाद ढकाल द्धारा हस्ताक्षेरीत विज्ञाप्तीमा उल्लेख गरीएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.