लियो क्लब

लियो क्लब अफ कैलाली, लम्कीको अध्यक्षमा प्रकाश बिष्ट चयन

लियो क्लब अफ कैलाली, लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियन्ता प्रकाश बिष्ट निर्बिरोध चयन भएकाछन । आज लियो क्लब अफ कैलाली, लम्की बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाहीले अध्यक्ष पद, अभियन्ता बिष्टलाई हस्तान्तरण गर्नु भएको हो ।

बिगतका बर्षहरुमा विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको र लम्की क्षेत्रमा लोकप्रिय संस्थाको रुपमा चिनिएको छ । लियो क्लब अफ कैलाली लम्की द्वारा गत बर्ष खेलिएको देउसी भैलो बाट संकलन भएको रकमले आँखा अस्पताल निर्माण कार्यमा सहयोग गरेको उक्त संस्थका निबर्तमान कोषाध्यक्ष उदय भाटले जानकारी गराउनु भएको छ ।

करिब ५ लाखको बराबरको अक्षयकोष निर्माण गरिएको छ त्यो ५ लाख बाट आउने वार्षिक ब्याज बाट गरिब ,असहाय , र अनाथ बालबालिका पढाई रहेको बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाही ले बताउनु भएको छ ।

नयाँ अध्यक्षमा चयन हुनु भएका बिष्टले क्लबले आगामी दिनमा विभिन्न सामाजिक काम गर्दै जाने बताउनु भयो । यस्तै प्रथम उपाध्यक्षमा उदय भाट तेस्रो उपाध्यक्षमा कर्ण आचार्य, सचिवमा मीन बटाला, कोषाध्यक्ष कल्पना तिमिल्सिना,सहसचिव तुलाराम ओझा चयन भएका छ्न ।
अन्य केही पदाधिकारी चयन हुन बाकी छ ।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, साउन २०, २०७७ (August 4, 2020, 11:14 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया