Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

उर्जाशिल कैलाली- काठमाण्डाै युवा समुह द्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयाेग

User Photo शनिबार, फाल्गुन ८, २०७७
काठमाण्डाै ।

कैलालीबाट काठमाण्डाैमा आई विभिन्न पेशा व्यावशायमा आवद्ध युवाहरुकाे समुह ‘उर्जाशिल कैलाली- काठमाण्डाै युवा समुह’ ले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयाेग गरेकाे छ ।

कैलाली र काठमाण्डाैलाई जाेडने पुल तथा एकआपसमा सरसहयाेग हाेस र विभिन्न सामाजिक गतिविधीमा सामुहिक रुपमा अघि बढ्न सकियाेस भन्ने उद्देश्यका साथ गठन गरिएकाे बिशुद्ध गैर राजनितिक उक्त समुहले अभियानकाे सुरुवात गर्दै केन्द्रलाई आर्थिक सहयाेग गरेकाे हाे ।

उपस्थित युवाहरुले स्व-स्फुर्त रुपमा आर्थिक संकलन गरी रु. १०,००० (दश हजार) आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनलाई रकम हस्तान्तरण गरेकाे समुहका अध्यक्ष निम क्षेत्रीले बताए ।

सहयाेग गर्न केन्द्रमै पुगेकाे समुह संग केन्द्रका अध्यक्ष पुनले संक्षिप्त कुरा गर्दै देशकाे आर्थिक विकास र आविस्कारका लागी सबै युवाहरु यसै गरी स्वस्फुर्त अगाडी आउनु पर्ने तथा कुनै नयाँ साेच लिएर केही गर्ने  आकांक्षाका साथ जाेसुकै व्यक्ती केन्द्रमा आई काम गर्न सक्ने बताए ।

काठमाण्डाैमा रहेका कैलालीका सम्पुर्णकाे सहभागिता र स्थानियरुपमा विभिन्न सामाजिक सेवाका कार्यहरु, आपसी हित, सहयाेग र एकताका लागी आवश्यक विभिन्न गतिविधीहरु गर्दै जाने समुहकाे उद्देश्य रहेकाेछ ।

हरेक महिनाकाे पहिलाे शनिबार काठमाण्डाैमा उपलब्ध कैलालीका स्थानियकाे भेटघाट हुने हुदा सम्बन्धित सबैलाई सहभागि हुन समुहले आह्वान समेत गरेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.