Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

सास फेर्ने सहि तरिकाः जस्ले तपार्इकाे अायु समेत लम्ब्याउछ

User Photo बुधबार, साउन ३०, २०७५

श्वासप्रश्वास गर्न पनि जान्नु पर्छ भन्दा हामी पत्याउदैनाै, किनकी हरेक प्राणी बाच्नका लागी नभर्इ नहुने र कसैले नसिकार्इ जन्मजात सिकेरै अाएकाे काम हाे याे। तर पनि सास फेर्ने तरिका सहि अपनाउन सकिए मात्रै पनि कयाै राेगबाट बच्नुका साथै अायु समेत लामाे हुने अध्ययनले देखाएकाे छ ।

हाे सास फेर्न पनि जान्नुपर्छ । गलत ढंगले सास फेरिरहँदा त्यसको असर शरीरमा पर्छ । फलत हामी रोगी, जीर्ण र चाडै बुढो हुन्छौं ।

अध्ययनहरुका अनुसार यदि ठिक तरिकाले श्वासप्रश्वास मात्रै गर्ने हाे भने जिन्दगीलाई लम्ब्याउन सकिन्छ ।

एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं । तर हामी मध्य धेरैले गलत तरिकाले सास फेरिरहेका हुन्छाै । जसको कारण हाम्रो उमेर घट्छ ।

वास्तवमा श्वासप्रश्वासको हाम्रो आयुसँग सीधा र गहिरो सम्बन्ध छ । छोटो, अधुरो र छिटोछिटोसास फेर्ने गर्नाले हाम्रो उमेर घट्न सक्छ ।

हामीले श्वासप्रश्वास गर्ने क्रममा कैयौं गल्तीहरु गर्छौं जसलाई सुधार्ने हो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौं । यसको साथै हामीले लामो जीवन पनि पाउन सक्छौं ।

सास फेर्दाको समयमा मानिसले कुन गल्ती गर्छन भन्ने थाहा नहुन पनि सक्छ । तर याे थाहा पाउनु र यसलार्इ अपनाउनु निकै लाभदायक छ ।

सास फेर्न नजान्दा के हुन्छ ?

१. श्वासप्रश्वासको गलत तरिकाले प्रतिरोधक क्षमता घट्छः जब जब हामी ठूलो हुँदै जान्छौं यस्तोमा हाम्रो सास पनि छिटोछिटो चल्न थाल्छन र हाम्रो कोषहरुसम्म ठिक ढंगले अक्सिजन पुग्न पाउँदैन । यसै कारण स्ट्रेट-रेस्पोन्स सिस्टम पनि धेरै सक्रिय हुन्छ । यसको नतिजास्वरुप हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर हुन थाल्छ र कैयौं किसिमका रोगले हामीलाई सताउन थाल्छ ।

२. फोक्सोको क्षमताको पुर्ण उपयोग गरिँदैन्ः अध्ययनहरुका अनुसार आधुनिक जीवनशैलीमा हुर्किएका संसारका सबै मानिसहरु गलत तरिकाले सास फेरिरहेका छन् । अध्ययन अनुसार आधुनिक मानिसले आफ्नो फोक्सोको सास भर्ने क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । बाँकी ७० प्रतिशत क्षमता प्रयोगमा नआउना त्यत्तिकै बेकार नै रहन्छ ।

सास फेर्ने सही तरिका

१. श्वासप्रश्वास गर्दा पेटबाट लिन पर्छः प्रायजसो हामी छिटो छिटो सास फेर्ने गर्छौं । तर यो सास फेर्ने गलत तरिका हो । सास सँधै पेटबाट लिनु पर्छ । यसरी ठिक तरिकाले श्वासप्रश्वास गरेमा शारीरिक रुपमा फाइदा हुने मात्रै होइन यसले तपाईंलाई मानसिक रुपमा शान्त पनि बनाउँछ ।

२. श्वासप्रश्वास नाकबाट गर्नेः नाकले सास फेर्नु एक राम्रो अभ्यास हो । वास्तवमा जब हामी मुखले सास लिन्छौं त्यतिखेर फोक्साेमा जाने धेरैजसो हावा फिल्टर हुन पाउँदैन । तर, नाकबाट सास लिनाले हावा राम्रो तरिकाले फिल्टर हुन्छ किनभने नाकको कामै सासलाई फिल्टर गर्ने हो ।

मुखबाट सास लिएमा समयमा कैयौं किसिमका भाइरस र ब्याक्टेरिया सबै तपाईंको शरीरमा प्रवेश गर्छ । यसैले हामीले सँधै नाकबाट नै श्वासप्रश्वास गर्नुपर्छ ।

३. पेटमा सास  खिच्नेः जबतपाई नाकले सास खिच्नुहुन्छ त्यतिखेर हावा पेटसम्म जानुपर्छ । यदि तपाई नाकले गहिरो सास लिनुहुन्छ भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रमलाई मिल्छ । यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो ।

यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायफ्रम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ ।

४. बिस्तारै सास फेर्नेः धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन । यसैले तपाईंले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुहोस् । साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुहोस् ।

हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ । यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुहोस् र यस्तो स्थानमा जानुहोस् जहाँको हावा स्वस्थ र स्वच्छ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.