सास फेर्ने सहि तरिकाः जस्ले तपार्इकाे अायु समेत लम्ब्याउछ

बुधबार, साउन ३०, २०७५, । 

श्वासप्रश्वास गर्न पनि जान्नु पर्छ भन्दा हामी पत्याउदैनाै, किनकी हरेक प्राणी बाच्नका लागी नभर्इ नहुने र कसैले नसिकार्इ जन्मजात सिकेरै अाएकाे काम हाे याे। तर पनि सास फेर्ने तरिका सहि अपनाउन सकिए मात्रै पनि कयाै राेगबाट बच्नुका साथै अायु समेत लामाे हुने अध्ययनले देखाएकाे छ ।

हाे सास फेर्न पनि जान्नुपर्छ । गलत ढंगले सास फेरिरहँदा त्यसको असर शरीरमा पर्छ । फलत हामी रोगी, जीर्ण र चाडै बुढो हुन्छौं ।

अध्ययनहरुका अनुसार यदि ठिक तरिकाले श्वासप्रश्वास मात्रै गर्ने हाे भने जिन्दगीलाई लम्ब्याउन सकिन्छ ।

एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं । तर हामी मध्य धेरैले गलत तरिकाले सास फेरिरहेका हुन्छाै । जसको कारण हाम्रो उमेर घट्छ ।

वास्तवमा श्वासप्रश्वासको हाम्रो आयुसँग सीधा र गहिरो सम्बन्ध छ । छोटो, अधुरो र छिटोछिटोसास फेर्ने गर्नाले हाम्रो उमेर घट्न सक्छ ।

हामीले श्वासप्रश्वास गर्ने क्रममा कैयौं गल्तीहरु गर्छौं जसलाई सुधार्ने हो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौं । यसको साथै हामीले लामो जीवन पनि पाउन सक्छौं ।

सास फेर्दाको समयमा मानिसले कुन गल्ती गर्छन भन्ने थाहा नहुन पनि सक्छ । तर याे थाहा पाउनु र यसलार्इ अपनाउनु निकै लाभदायक छ ।

सास फेर्न नजान्दा के हुन्छ ?

१. श्वासप्रश्वासको गलत तरिकाले प्रतिरोधक क्षमता घट्छः जब जब हामी ठूलो हुँदै जान्छौं यस्तोमा हाम्रो सास पनि छिटोछिटो चल्न थाल्छन र हाम्रो कोषहरुसम्म ठिक ढंगले अक्सिजन पुग्न पाउँदैन । यसै कारण स्ट्रेट-रेस्पोन्स सिस्टम पनि धेरै सक्रिय हुन्छ । यसको नतिजास्वरुप हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर हुन थाल्छ र कैयौं किसिमका रोगले हामीलाई सताउन थाल्छ ।

२. फोक्सोको क्षमताको पुर्ण उपयोग गरिँदैन्ः अध्ययनहरुका अनुसार आधुनिक जीवनशैलीमा हुर्किएका संसारका सबै मानिसहरु गलत तरिकाले सास फेरिरहेका छन् । अध्ययन अनुसार आधुनिक मानिसले आफ्नो फोक्सोको सास भर्ने क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । बाँकी ७० प्रतिशत क्षमता प्रयोगमा नआउना त्यत्तिकै बेकार नै रहन्छ ।

सास फेर्ने सही तरिका

१. श्वासप्रश्वास गर्दा पेटबाट लिन पर्छः प्रायजसो हामी छिटो छिटो सास फेर्ने गर्छौं । तर यो सास फेर्ने गलत तरिका हो । सास सँधै पेटबाट लिनु पर्छ । यसरी ठिक तरिकाले श्वासप्रश्वास गरेमा शारीरिक रुपमा फाइदा हुने मात्रै होइन यसले तपाईंलाई मानसिक रुपमा शान्त पनि बनाउँछ ।

२. श्वासप्रश्वास नाकबाट गर्नेः नाकले सास फेर्नु एक राम्रो अभ्यास हो । वास्तवमा जब हामी मुखले सास लिन्छौं त्यतिखेर फोक्साेमा जाने धेरैजसो हावा फिल्टर हुन पाउँदैन । तर, नाकबाट सास लिनाले हावा राम्रो तरिकाले फिल्टर हुन्छ किनभने नाकको कामै सासलाई फिल्टर गर्ने हो ।

मुखबाट सास लिएमा समयमा कैयौं किसिमका भाइरस र ब्याक्टेरिया सबै तपाईंको शरीरमा प्रवेश गर्छ । यसैले हामीले सँधै नाकबाट नै श्वासप्रश्वास गर्नुपर्छ ।

३. पेटमा सास  खिच्नेः जबतपाई नाकले सास खिच्नुहुन्छ त्यतिखेर हावा पेटसम्म जानुपर्छ । यदि तपाई नाकले गहिरो सास लिनुहुन्छ भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रमलाई मिल्छ । यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो ।

यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायफ्रम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ ।

४. बिस्तारै सास फेर्नेः धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन । यसैले तपाईंले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुहोस् । साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुहोस् ।

हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ । यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुहोस् र यस्तो स्थानमा जानुहोस् जहाँको हावा स्वस्थ र स्वच्छ छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, साउन ३०, २०७५ (August 15, 2018, 1:15 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै