Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

अाफै पैसा लुकाएर प्रहरी लार्इ १५ लाख लुटिएकाे सुचना दिदा त्यही पैसा पनि धरापमा

User Photo सोमवार, भदौ ४, २०७५

काठमाडौं । १५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भदौ ३ गते दिउँसो २ बजे न्युरोडको बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख रुपैयाँ झिकेर आफ्नो पसलतर्फ आउँदै गर्दा केही व्यक्तिले धारिलो हतियार देखाएर स्वयम्भुको जंगलमा लगेर लुटेको जानकारी प्रहरीलाई दिएका थिए ।

त्यसपछि महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी परिसरको टोलीले अलीलाई सम्पर्क गरी अनुसन्धान गर्दा उनले उक्त रकम आफैले पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा अलीले उक्त रकम राजेश श्रेष्ठको घरको भर्‍याङमुनी लुकाएका थिए । उनले लुकाएको झोलामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ र केही चिनियाँ युआन भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

नाटकीय रुपमा पीडित बनेका अलीलाई पक्राउ गरी स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धानका लागि लागी सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग पठाउने प्रहरीले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.