Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

अाफै पैसा लुकाएर प्रहरी लार्इ १५ लाख लुटिएकाे सुचना दिदा त्यही पैसा पनि धरापमा

User Photo
सोमवार, भदौ ४, २०७५

काठमाडौं । १५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर अलीलाई प्रहरीले पक्राउ गरेको हो ।


advertisement

उनले भदौ ३ गते दिउँसो २ बजे न्युरोडको बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख रुपैयाँ झिकेर आफ्नो पसलतर्फ आउँदै गर्दा केही व्यक्तिले धारिलो हतियार देखाएर स्वयम्भुको जंगलमा लगेर लुटेको जानकारी प्रहरीलाई दिएका थिए ।

त्यसपछि महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी परिसरको टोलीले अलीलाई सम्पर्क गरी अनुसन्धान गर्दा उनले उक्त रकम आफैले पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा अलीले उक्त रकम राजेश श्रेष्ठको घरको भर्‍याङमुनी लुकाएका थिए । उनले लुकाएको झोलामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ र केही चिनियाँ युआन भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

नाटकीय रुपमा पीडित बनेका अलीलाई पक्राउ गरी स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धानका लागि लागी सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग पठाउने प्रहरीले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.