Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत

User Photo मङ्लबार, भदौ १२, २०७५

दाङ ।कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.