Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

एसियाड : भलिबलमा नेपाल श्रीलंकासँग ३-१ ले पराजित, जुडोमा खराब प्रदर्शन

एसियाड

User Photo बिहिबार, भदौ १४, २०७५

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलको १३औँ स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३१ को सेटमा पराजित भएको छ।

पहिलो सेट जिते पनि नेपालले लय गुमाउँदा लगातार तीन सेटमा हार बेहोर्‍यो। उता श्रीलंकाले कम गल्ती गर्दै नेपालमाथि हावी भयो।

पहिलो सेट नेपालले २५-२३ ले जित्दै अग्रता लिएको थियो। तर श्रीलंकाले पुनरागमन गर्दै दोस्रो सेट २५-१६ ले सहजै जित्यो।

टाइब्रेकरमा तेस्रो सेट २६-२४ ले जितेको श्रीलंकाले चौथो सेट २५-२१ ले जित्दै खेल जित्यो।

श्रीलंकासँग पराजित भएपछि नेपालले अब १५औँ स्थानको लागि भियतनाम र कीर्गिस्तानबीचको खेलको पराजित टोलीसँग खेल्नेछ।

समूह चरणमा चाइनिज ताइपई र दक्षिण कोरियासँग हारेको नेपालले १३औँ स्थानको लागि भएको क्वाटरफाइनलमा मंगोलियालाई पराजित गर्दै एसियाडमा पहिलो जित हात पारेको थियो।

एसियाडअन्तर्गत आज भएको जुडोमा नेपालले खराब प्रदर्शन गरेको छ।

आज भएको खेलमा दक्षिण एशियायली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन्। त्यस्तै मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पनि पराजित भए। खत्री आयोजक इण्डोनेसियाकी खेलाडीसँग १-० ले पराजित भएकी हुन्। मनिता राउण्ड अफ ३२ को खेलमा भियतनामकी खेलाडीसँग १०-१ ले पराजित भइन्।

पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सञ्जीत डङ्गोल साउदी अरबका खेलाडीसँग १०-० ले पराजित भए। जुडोको बुधबार पहिलो दिनको स्पर्धामा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए।

 

 

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.