काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलको १३औँ स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३१ को सेटमा पराजित भएको छ।
पहिलो सेट जिते पनि नेपालले लय गुमाउँदा लगातार तीन सेटमा हार बेहोर्यो। उता श्रीलंकाले कम गल्ती गर्दै नेपालमाथि हावी भयो।
पहिलो सेट नेपालले २५-२३ ले जित्दै अग्रता लिएको थियो। तर श्रीलंकाले पुनरागमन गर्दै दोस्रो सेट २५-१६ ले सहजै जित्यो।
टाइब्रेकरमा तेस्रो सेट २६-२४ ले जितेको श्रीलंकाले चौथो सेट २५-२१ ले जित्दै खेल जित्यो।
श्रीलंकासँग पराजित भएपछि नेपालले अब १५औँ स्थानको लागि भियतनाम र कीर्गिस्तानबीचको खेलको पराजित टोलीसँग खेल्नेछ।
समूह चरणमा चाइनिज ताइपई र दक्षिण कोरियासँग हारेको नेपालले १३औँ स्थानको लागि भएको क्वाटरफाइनलमा मंगोलियालाई पराजित गर्दै एसियाडमा पहिलो जित हात पारेको थियो।
एसियाडअन्तर्गत आज भएको जुडोमा नेपालले खराब प्रदर्शन गरेको छ।
आज भएको खेलमा दक्षिण एशियायली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन्। त्यस्तै मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पनि पराजित भए। खत्री आयोजक इण्डोनेसियाकी खेलाडीसँग १-० ले पराजित भएकी हुन्। मनिता राउण्ड अफ ३२ को खेलमा भियतनामकी खेलाडीसँग १०-१ ले पराजित भइन्।
पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सञ्जीत डङ्गोल साउदी अरबका खेलाडीसँग १०-० ले पराजित भए। जुडोको बुधबार पहिलो दिनको स्पर्धामा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द