Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

आज देखि सुपथ मुल्य पसल सुरु

User Photo शुक्रबार, अशोज १२, २०७५

सरकारले दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरीका सुपथ मुल्य पसल सञ्चालन आजबाट सुरु गरेको छ । विगतमा वर्ष झै यो वर्षमा पनि दशैं, तिहार तथा छठ पर्वलाई लक्षितगरीका सुपथ मुल्य पसल गरेको हो ।

यो दसैंमा सुपथ मुल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थान र सहकारी संस्थामार्फत संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो सञ्चलन गर्ने छ । साथै कर्पाेरेशनको २२ वटा कार्यालय सहित ३६ स्थानहरु सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

साथै संस्थालका सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरुबाट सहुलियत दरको चामल फापर, खसी, बोका,च्यांग्रा, नुन र चिनी विक्री लगयातको देनिक उपभोग्य बस्तुका सुपथ मुल्य पसल हुने छन् ।

यो वर्षमा दसै, तिहार छठपर्वमा उद्योगबाट ल्याएको दाल चालम ३ प्रतिशत छुट, विक्रेताहरुले दाल चामलमा ३ प्रतिशत, उद्योगले तेल, ध्युमा ३ प्रतिशत, पैठारीकर्ताले आयातित तेलमा ५ प्रति लिटरमा १५० छुट, चिनीमा उद्योगले प्रतिकेजी मुअब्जा आएकार बाहेक ५७ रुपैया वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जानकारी गराएको छ । यस्तै सहकारी उद्योगले उत्पादन गरेका मसलामा १० रुपैँया छुट हुने जनाएको छ । सानो मन्सुली चामल प्रतिकेजी ५ रुपैँया छुट , जिरा मसिनोमा ५ रुपैँया छुट , बास्मती चामल १० रुपैँया , गोरखनाथ चामलमा १० रुपैंया , जापानीज चामलमा ५ रुपैँया , जुम्ली सिमी र तिते फापरमा प्रतिकेजी १० रुपैँयामा छुट हुने विभागले जनाएको छ । त्यस्तै साल्ट टे«डिङ प्रतिकेजी नुनमा २ र चिनीकम ५ रुपैँया छुट दिने भएको छ । दुग्ध विकास संस्थानले ध्यूप्रति लिटर ५० पनीर प्रतिकेजी १० रुपैया छुट दिने भएको छ । साथै अन्य दुग्धजन्य बस्तुहरुमा पनि छुट हुने विभागले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.