Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 25, 2026
आइतवार, बैशाख १३, २०८३

मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्रीलाई तरुण दलको ज्ञापनपत्र

User Photo आइतवार, अशोज २१, २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेपालीहरुको महान चाड बडादसैंको मुखैमा गरिएको मूल्यवृद्धि, कालोबजारी र तस्करी नियन्त्रणका लागि सरकारसँग माग गरेको छ । तरुण दलले आइतबार जिल्ला प्रशसन कार्यालय काठमाडौंमार्फत् ज्ञापनपत्र बुझाउँदै सरकारसँग मूल्यवृद्धि, कालोबजारी र तस्करी नियन्त्रणका लागि माग गरेको हो ।

‘‘नेपालीहरुको महान चाड बडादसैंको मुखमा आएर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुमा सरकारले गरेको मूल्यवृद्धि र महंँगीले नागरिकलाई निकै मार परेको छ,’’ स्थानीय प्रशसनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

दसैंको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, कालोबजारी र तस्करीलाई नियन्त्रण र कारवाही गरिनुपर्ने, ७५३ वटै स्थानीय तहमा अति आवश्यकीय दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने गरी सुपथ मूल्य पसलको व्यवस्था हुनुपर्ने तरुण दलले माग गरेको छ ।

तरुण दलले दसैंमा गाउँघर जाने यात्रुका लागि थप यातायातका साधनहरुको व्यवस्थित व्यवस्थापन गरिनुपर्ने, चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटनाबाट सतर्क रहेर जनताको जिउधनको सुरक्षा गरी शान्ति सुव्यवस्था कायम हुनुपर्नेसमेत माग गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए ।

तरुण दलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरमा ल्याएर महिलाले स्वतन्त्र रुपमा सार्वजनिक स्थानमा निर्धक्क भएर हिँडडुल गर्न सक्ने वातावरणसमेत निर्माण गर्न सरकारसँग माग गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.