काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताएका छन् ।
मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पु¥याएको स्पष्ट पारे ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी पनि गरे ।
मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने आश्वासन पनि दिए । वर्षाका कारण यसअघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको दाबी थियो ।
