विकास निर्माणको काम गर्न सरकारलाई वर्षाले रोक्यो : मन्त्री पण्डित

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताएका छन् ।

मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पु¥याएको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी पनि गरे ।

मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने आश्वासन पनि दिए । वर्षाका कारण यसअघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको दाबी थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शनि, कार्तिक २४, २०७५ (November 10, 2018, 4:09 pm) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै