Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

लम्की बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहकाे अध्यापन सुरू, घरमै बसेर मास्टर डिग्री पढन पाए पछी स्थानिय विद्यार्थी खुसी 

User Photo शुक्रबार, माघ ४, २०७५

रमित पाण्डे,  कैलाली । कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि लम्की आसपास क्षेत्रका विद्यार्थी खुशी भएका छन्। लम्की बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तरसम्मको पढाइ हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मको लागि अनुमति दिएपछि चालु शैक्षिक सत्रदेखि लम्की बहुमुखी क्याम्पसमा पनि नेपाली शिक्षा बिषयमा पढाइ हुने क्याम्पस प्रमुख सरोज कुमार शाहले जानकारी दिनु भयो ।

२०६४ सालमा स्थापना भएको लम्की बहुमुखी क्याम्पसमा हालसम्म स्नातकसम्मको पढाइ हुने गरेको थियो। उक्त क्याम्पसमा यसअघि स्नातक तहमा व्यवस्थापन शिक्षाशास्त्र र मानबिकी संकायमा पढाइ हुदै आएको थियो।

गाउँमै स्नातककोत्तरको पढाइ हुने भएपछि सजिलो हुने विद्यार्थी अम्बीका न्यौपानेको भनाइ छ ।

लम्की बहुमुखी क्याम्पस स्नातकोत्तरसम्मको पढाइ गर्ने यो क्षेत्रको पहिलो क्याम्पस बनेको छ। यसअघि विद्यार्थीहरु स्नातकोत्तरसम्मको पढाइ गर्न काठमाडौ, धनगढी, टिकापुर लगायत अन्यत्र जाने गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.