रमित पाण्डे, कैलाली । कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि लम्की आसपास क्षेत्रका विद्यार्थी खुशी भएका छन्। लम्की बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तरसम्मको पढाइ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मको लागि अनुमति दिएपछि चालु शैक्षिक सत्रदेखि लम्की बहुमुखी क्याम्पसमा पनि नेपाली शिक्षा बिषयमा पढाइ हुने क्याम्पस प्रमुख सरोज कुमार शाहले जानकारी दिनु भयो ।
२०६४ सालमा स्थापना भएको लम्की बहुमुखी क्याम्पसमा हालसम्म स्नातकसम्मको पढाइ हुने गरेको थियो। उक्त क्याम्पसमा यसअघि स्नातक तहमा व्यवस्थापन शिक्षाशास्त्र र मानबिकी संकायमा पढाइ हुदै आएको थियो।
गाउँमै स्नातककोत्तरको पढाइ हुने भएपछि सजिलो हुने विद्यार्थी अम्बीका न्यौपानेको भनाइ छ ।
लम्की बहुमुखी क्याम्पस स्नातकोत्तरसम्मको पढाइ गर्ने यो क्षेत्रको पहिलो क्याम्पस बनेको छ। यसअघि विद्यार्थीहरु स्नातकोत्तरसम्मको पढाइ गर्न काठमाडौ, धनगढी, टिकापुर लगायत अन्यत्र जाने गरेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द