Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

आईसीसीका प्रतिनिधि द्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण, समयमै मैदान तयार भए २०१९ भित्रै नेपालमा सिरिज हुने

User Photo मङ्लबार, माघ २२, २०७५

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् ।

कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् ।

आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले भनिन्, ‘उहाँले अब आईसीसीमा रिपोर्ट पेश गर्नुहुन्छ । त्यसपछि केके पुनर्निर्माण गर्नुपर्ने हो थाहा होला ।’

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, त्यहाँ पनि पर्याप्त पूर्वाधारहरु बनेको छैन ।

त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध सिरिज जितेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.