Kanoon Post
शुक्रबार, बैशाख ७, २०८१/ April 19, 2024,
शुक्रबार, बैशाख ७, २०८१

Trending :

No tags found.

आईसीसीका प्रतिनिधि द्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण, समयमै मैदान तयार भए २०१९ भित्रै नेपालमा सिरिज हुने

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् ।

कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् ।

आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले भनिन्, ‘उहाँले अब आईसीसीमा रिपोर्ट पेश गर्नुहुन्छ । त्यसपछि केके पुनर्निर्माण गर्नुपर्ने हो थाहा होला ।’

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, त्यहाँ पनि पर्याप्त पूर्वाधारहरु बनेको छैन ।

त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध सिरिज जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading