Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 26, 2026
सोमवार, बैशाख १४, २०८३

कविता “म नै हो रविन्द्र अधिकारी”

म रहुँला या नरहुँला, मेरो देश अजर, अमर रहोस्,

User Photo बुधबार, फाल्गुन १५, २०७५
कैलाली ।

अँ ! साँच्चै म नै हो रविन्द्र
तिमीले मेरो लागि प्राथना गरेका थियौ हो?
मैले देशका लागि प्राथना गरेको थिएँ,
पाथिभरा पुगेर
साक्षत देवी पाथिभरा माइ सँग
बर मागेको थिएँ,
मेरो देश अतुलनिय रहोस,
म रहुँला या नरहुँला,
मेरो देश अजर, अमर रहोस्,
रोल्पाले सिटामोल पाओस,
बाजुराले पेट भरुन्जेल खाद्यान्न,
हुम्लाले बासमती चामल,

प्रत्येक दिन दशैँ आइरहोस,
भोको पेटहरुमा।

आमा !
मेरी आमा !
म त्यही रविन्द्र अधिकारी हुँ,
जो माताषिष बोकेर एअर डायनास्टीमा,
समृद्धि बोक्दै,
नयाँ युगको प्रचारप्रसारमा देश दौडाहामा थियो,
जसले सुत्केरी बोक्ने हेलिकप्टर खोजिरहेको थियो,

देशलाई साँच्चिकै युटोपियन बनाउने,
अनि इन्द्रेणी मा इन्द्रको आसन बसाउने,
अभिप्राय बोकेको थियो ।
आज म आफैँ त्यो महसुसको लागि,
इन्द्रासनमा प्रवेश गरिरहेछुँ,
कुनै दिन फर्केर,
अनुभव साटौँला स्वर्गीय आनन्दको ।

प्रिया !
मेरो विचारमा शक्ति थपिदिनु,
म फर्किने छुँ यो देश बनाउन,
म चाहान्छु,
मेरो लास,
कोइला बनेर दुनियाँलाई ताप दिइरहोस,
आमा बुबा भन्दा पहिला महसुस गर्न,
मैले मेरो यात्रा तय गरेको हो धेरै पर,
सुख दुःख खै के हुन्छ,
भनौँला अबेर राति,
त्यसकारण बेला-बेला मा
मलाई मेरो मेसेन्जर, भाइवर, ह्वाट्सएप र ईमोमा
भिडियो कल गरेर सम्झिदिनु ।

मैले देखाउन सकुँ म बस्ने नयाँ संसार,
जसलाई देखेर मेरी आमा,
मेरा बाबालाई सधैँ बल गरिरहुन,
रविन्द्र आश्रममा जाउ न भनेर।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.