Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

को हुन् विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी ?

User Photo सोमवार, फाल्गुन २७, २०७५

गोरखा । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा हुन् ।

२८ वर्षीया अधिकारीका बुवाआमा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका थिए । उनीहरु अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् ।

अधिकारीका कान्छा काका ध्रुव अधिकारीका अनुसार एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ बालाजुस्थित घरमा छन् । एकताको मृत्युको खबर पाएपछि हाल अमेरिकामा दुई छोरीका साथमा रहेका आमा र बुवा नेपाल फर्कदै छन् ।

एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् ।

२०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि इथोपियामा काम गर्न पुगेकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.