Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

शोसल मिडियामा पारिवारीक तस्वीर शेयर गर्दै डिभोर्सबारे प्रियंकाकाे जवाफ

User Photo आइतवार, चैत्र १७, २०७५

बलिउड स्टार प्रियंका चोपडा र निक जोनस बिचको डिभोर्सको खवर अहिले चौतर्फी फैलिएको छ । विवाह गरेको तीन महिना पनि नपुग्दै चर्चामा आएको खवरले बलिउड यतिखेर तातेको छ ।

जव अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गर्यो खवर बिस्तारै फैलियो तर खवरलाई खण्डन गर्दै प्रियंकाले शोसल मिडियामा पारिवारीक तस्वीरहरु शेयर गरेर खवर सत्य नभएको संकेत गरेकी छिन् ।

प्र‍ियंकाले आइतवार न‍िक जोनस र उनको परिवारसँग रहेको फोटोहरू शेयर गरेकी छिन् । जुन फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी देखिएकी छिन् । तस्वीरमा प्रियंकाको साथमा निकका दाजुभाई र उनको सासु ससुरा देखिएका छन् । प्रियंकाको यस तस्वीरलाई उनीहरुबिच फैलिएको अफवाहको जवाफ मानिएको छ ।

बताइएअनुसार ओके म्यागाजिनले ३६ वर्षीया अभिनेत्री प्रियंका र २६ वर्षीय निकबिच स-साना कुराहरु मतभेद आउन थालेपछि एक अर्का छुट्टिने तयारीमा लागेकाे समाचार प्रकाशित गरेको थियो ।

म्यागजिनका अनुसार यी दुई पार्टी जाने कुरादेखि काम गर्ने समय आदि विषयमा धेरै झगडा गर्ने गरेको र प्रियंकाले हर कुरामा निकलाई कन्ट्रोल गर्ने गरेपछि निकको आमा बाबु प्रियंका प्रति रुष्ट भएको खवर छापेको थियो । उनीहरुले प्रियंका उमेरले परिपक्व भएपनि ब्यवहारले परिपक्व नभएको कारण पछिल्लाे समय निकलाई प्रियंकासँग डिभोर्स दिन दवाव दिएको बताएको थियो ।

प्रियंका र निक गएको डिसेम्वरमा भारतीय रितअनुसार विवाह बन्धनमा बाँधिएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.