Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

अमेरिकाविरुद्ध शक्तिशाली जवाफ फर्काउन हाम्रा सैनिकहरुको औंला ट्रिगरमा छ- ईरानी विदेशमन्त्री अब्बास

User Photo बिहिबार, माघ १५, २०८२
काठमाण्डौ ।

ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा छ,’ सामाजिक सञ्जालमा उनले बुधबार साँभ लेखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य कारबाही गर्ने धम्की दोहोर्‍याएको केही घण्टाभित्रै अराग्चीले यस्तो जवाफ फर्काएका हुन् ।

इरानले गत वर्ष जुनमा इजरायलको १२ दिने युद्धबाट ठूलो पाठ सिकेको पनि उनले बताए । त्यस दौरान पनि अमेरिकाले इजरायललाई सघाउँदै इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो ।

‘१२ दिने युद्धबाट सिकेका मूल्यवान पाठहरूले हामीलाई झन् बलियो, तीव्र र गहिरो प्रतिक्रिया दिन सक्षम बनाएको छ,’ अराग्चीले भने ।

अमेरिकाले पछिल्लो समय सरकारविरोधी प्रदर्शनमाथि दमन गरेको भन्दै इरानमाथि दबाब बढाइरहेको छ । केही दिनअघि उसले आर्माडासहित विध्वंशकहरु अरेबियन सागरमा ईरान सामुन्ने लगेर राखेको छ ।

‘इरानतर्फ विशाल नौसेना समूह अघि बढिरहेको छ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लामो पोस्टमा लेखेका छन्, “यो समूह तुरुन्त आफ्नो मिसन पूरा गर्न तयार, इच्छुक र समर्थ छ ।’

अमेरिकी राष्ट्रपतिले थपे, ‘आशा छ इरानले चाँडै निष्पक्ष र सर्वस्विकार्य सम्झौता गर्नेछ । कुनै आणविक हतियार नराख्ने सम्झौता गर्नेछ । यो सम्झौता निकै महत्वपूर्ण छ किनकी समय सकिदैंछ । मैले ईरानलाई पहिले पनि सम्झौता गर भनेकै थिएँ ।’

गत २८ डिसेम्बरदेखि ईरानमा चलिरहेको सरकार विरोधी आन्दोलनका क्रममा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । ट्रम्पले आन्दोलनकारीमाथि दमन नगर्न पटक–पटक ईरान सरकारलाई चेतावनी दिइरहेका छन् । उनले सैन्य हस्तक्षेप गर्ने धम्की पनि दिइरहेका छन् ।

# अब्बास अराग्ची # अमेरिका # ईरान # ट्रम्प

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.