Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

ल्यापटप किन्दै हुनुहुन्छ ? यि कुराहरूमा ध्यान दिए पछी पछुताउनु पर्दैन

User Photo सोमवार, चैत्र २५, २०७५

ल्यापटप खरिद गर्दा थुप्रै कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ | ल्यापटप खरिद गर्दा आवश्यक प्राविधिक ज्ञान नभएमा आफूले खोजेजस्तो ल्यापटप खरिद नहुन सक्छ | ल्यापटप खरिद गर्दा निम्न कुराहरूमा एकदमै ध्यान दिन जरूरी छ ।

१. प्रोसेसर

ल्यापटप र कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप र कम्प्युटरको प्रोसेसर हो । सबै कम्प्युटरको काम प्रोसेसरले नै नियन्त्रण गर्छ । जति शक्तिशाली र फास्ट प्रोसेसर, त्यत्ति नै फास्ट कम्प्युटर । बजारमा दुई मुख्य प्रोसेसर निर्माता – इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् । नेपाली बजारमा चाहिँ इन्टेलको प्रोसेसर निकै प्रचलित छ । यति भन्दैमा एएमडीको प्रोसेसर नराम्रो भएको चाहिँ होइन ।

फास्ट प्रोसेसर भएको ल्यापटपलाई स्लो प्रोसेसर भएको ल्यापटप भन्दा महँगो पर्छ | भिडियो हेर्न, नेट चलाउन वा अफिस सम्बन्धि कामहरु गर्नलाई फास्ट प्रोसेसरको आवश्यकता पर्दैन – यस कामका लागि कोर आइ ३ वा राइजेन ३ २२०० जी नै काफी हुन्छ । तर गेम खेल्न, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरूमा शक्तिशाली प्रोसेसरको निकै महत्त्व हुन्छ – यी कार्यका लागि कोर i5 / i7 अथवा राइजेन ५/७ भएको प्रोसेसर खरिद गर्नु उचित हुन्छ ।

२. बजेट

ल्यापटपलाई न्यूनतम २५ हजार जति पर्छ र महँगोमा फिचर र फास्ट पुर्जाहरू थपिएसँगै २-३ लाख पनि पर्छ । नेपाली ३० हजारसम्ममा क्रोमबुक, साना र स्लो विन्डोज ल्यापटपहरू खरिद गर्न सकिन्छ । मूल्य बढ्दै गएपछि प्रोसेसरको स्पिड, डिस्प्लेको गुणस्तर र र्यामको साइज पनि बढ्दै जान्छ | रु. १ लाख भन्दा बढी पर्ने ल्यापटपहरू निकै स्लिम कि त निकै फास्ट हुन्छन् |

३. र्याम

र्याम कति जीबी भएको ल्यापटप खरिद गर्ने भन्ने कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ । यदि र्याम अपग्रेड गर्न मिल्छ भने सुरुमा आफ्नो बजेटले सके अनुसारको र्यामको साइज भएको ल्यापटप खरिद गर्नसकिन्छ । तर यदि तपाईंले खरिद गर्न लागेको ल्यापटपमा र्याम अपग्रेड गर्न मिल्दैन भने चाहिँ सुरु मै आफूलाई चाहिए अनुसारको र्याम भएको ल्यापटप खरिद गर्नु पर्छ । अधिकाँस स्लिम र पोर्टेबल ल्यापटपहरूमा र्याम अपग्रेड गर्न मिल्दैन ।

अहिलेको समयमा ८ जीबी र्याम लगभग अनिवार्य जस्तो बनेको छ । इन्टरनेट मात्र चलाउनका लागि पनि ४ जीबी र्याम भएको ल्यापटप स्लो हुनेगर्छ । वेबसाइटहरूको जटिलता र फिचर बढ्दै गएकै कारणले पनि यस्तो भएको हो । अफिस कार्यका लागि ८ जीबी र्याम, गेमिंगका लागि ८ वा १६ जीबी र्याम, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरूका लागि १६ जीबी र्याम उचित हुन्छ । अहिले ४ जीबी र्याम भएको ल्यापटप नै खरिद गर्ने हो भने पनि र्याम अपग्रेड गर्न मिल्ने प्रकारको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।

४. शक्तिशाली कि पोर्टेबल ?

फास्ट प्रोसेसर र ग्राफिक कार्ड भएको ल्यापटपहरू मोटा, ठूला र बोकेर हिड्न अप्ठ्याराे हुनेखालका हुन्छन । स्लिम ल्यापटपहरूमा कम वाटको तुलनात्मक रुपमा स्लो प्रोसेसर हुनेगर्छ । त्यसैले उपभोक्ताले सुरु मै शक्तिशाली कि पोर्टेबल ल्यापटप किन्ने भनेर राम्रोसँग होस पुर्याउनु पर्छ । शक्तिशाली र पोर्टेबल दुवै हुने ल्यापटपहरू पनि पाइन्छन तर त्यस्ता ल्यापटपहरु निकै महंगा हुन्छन् ।

५. ग्राफिक कार्ड 

क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सन वा आजभन्दा केहि वर्ष अगाडीका गेमहरु – जस्तै दोटा, काउन्टर स्ट्राइक – खेल्ने विचारमा हुनुहुन्छ भने तपाईंलाई ग्राफिक कार्ड भएको ल्यापटपको आवश्यकता नै पर्दैन । यी साना र पुराना गेमहरु ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि चल्नसक्छ । तर नयाँ गेम खेल्नका लागि, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदिका लागि भने ग्राफिक कार्ड भएको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।

६. एसएसडी 

एसएसडीहरु साधारण हार्ड डिस्कको तुलनामा १० गुणाभन्दा बढी फास्ट हुन्छन । महँगा एसएसडीहरु हार्ड डिस्कभन्दा ३० गुणासम्म पनि फास्ट हुनेगर्दछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.