Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

चिनियाँ वैज्ञानिकहरु मानिस जस्तै बाँदर बनाउन सफल

User Photo शुक्रबार, चैत्र २९, २०७५

विश्वमै अनौठा र आश्चर्यजनक प्रयोग गरेर सफलता चाख्दै आएको चीनले फेरि एउटा आश्चर्यजनक प्रयोगमा सफलता प्राप्त गरेको दावी गरेको छ । चिनियाँ वैज्ञानिकहरुले हालसालै मानिसकोजस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेका हुन् ।

वैज्ञानिकहरुका अनुसार, एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको हो । चिनियाँ वैज्ञानिकहरुले यो कुराको दाबी गरेका छन् । मानव मस्तिष्कको विकासमा यो जीनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

वैज्ञानिकहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने तथ्य फेला पारे । चीनको यो दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने बताइन्छ। ती बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी गरिएको छ ।

‘शर्ट टर्म मेमोरी टेस्ट’ मा पनि बाँदरहरुले राम्रो प्रदर्शन गरेको रिपोर्टमा बताइएको छ । जङ्गली बाँदरको तुलनामा यी बाँदरहरु कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिइहाल्छन् । यद्दपि यिनिहरुको दिमागको आकार भने बढेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.