सामाजिक अभियान्ता अर्जुन भुसालले पारिवारिक समस्याका कारण शिक्षाबाट बन्चित हुने अवस्थामा पुगेका चितवनका १२ बर्षिय बालक मानब कुमाल लाई भरतपुर चितवनमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर चितवनमा कक्षा ६ भर्ना गरि शैक्षिक जिम्मा लिनु भएको छ ।
सामथ्र्य नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका अभियान्ता भुसाल सामाजिक काममा सक्रिय हुनुहुन्छ । अभाव र पिछडिएका ठाउँमा गएर सामाजिक काममा सक्रिय हने भुसालने मानवको पनि जिम्मा लिनु भएको हो ।
समाज परिवर्तन गर्न पहिला आफू परिवर्तन हुनु पर्छ भन्ने मान्यता राख्ने भुसाल बिगत देखि दिन दुखिको सेवामा सक्रिय हुनुहुन्छ ।
चितवन माडी नगरपालीका वडा नं ४ निवासी भुसालले सामथ्र्य नेपाल अभियान मार्फत देशका विभिन्न ठाउँमा रहेका अति विपन्न सहारा विहिन उच्च जोखिममा परेका र विधालयको पहुँच सम्म पुग्न नसकेका बालबालीकाहरुलाई विधालयमा ल्याई उनीहरुलाई शिक्षाको उज्यालो ज्योतीस्पर्ष गर्न दश जनाको जिम्मा लीने बताउनु भएको छ ।
भरतपुर महानगर पालीका ७ मा डेरा लिई होटेलमा काम गरि बस्ने प्रिया गुरुङ कुमालको छोरो मानव कुमाललाई कक्षा ६ मा भर्ना अभिभावकत्व गह्रण गदै उनलाई आवश्यक पर्ने नामदर्ता , सहयोग रकम , स्टेशनरी सामाग्री , विधालय पोसाक जस्ता वस्तु उपलब्ध गराई आफुलाई सच्चा अभिभावकको रुपमा प्रस्तुत गर्नु भएको छ ।

