Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालोमोसो दलेर दुर्व्यबहार

User Photo आइतवार, पुस ६, २०८२
काठमाण्डौ ।

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।

आइतबार बिहान नेपाललाई उनी बस्ने घरमै क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यबहार गरेका हुन् ।क्रान्तिकारीले रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै कालोमोसो दलेको क्रान्तिकारीले जानकारी दिएको छ ।

विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।

# अखिल क्रान्तिकारी # उपकुलपति # कालोमोसो # दुर्व्यबहार # धनेश्वर नेपाल # नेकपा बहुमत # संस्कृत विश्वविद्यालय

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.