Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

बुहारीले तातो माड खन्याउँदा जेठाजु घाइते

User Photo शनिबार, बैशाख १४, २०७६

तराई, मधेसमा महिलामाथि पुरुषले चरम यातना दिने गरेका समाचार बारम्बार बाहिर आउने गर्छन् । दुई दिनअगाडि मात्रै सिरहाको कल्याणपुरमा एकजना महिलालाई ज्यूँदै आगो लगाएर मारेको घट्ना ताजै छ । तर, पुरुषले महिलालाई मात्र यातना दिइरहेको सन्दर्भमा महिलाले पनि पुरुषलाई ज्यूँदै जलाउने प्रयास गरेको घटनासमेत बाहिर आएको छ ।

घटना सप्तरी सदरमुकाम राजविराजको हो । यहाँकी एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएर सिकिस्त बनाएकी छन् ।

राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीर आफ्नै बुहारीले माड खन्याएपछि जलेको छ । उनको धेरै ठाउँमा घाउ बनेको छ । बुहारी भोलीदेवी खंगले माड खन्याएको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भोलीदेवीलाई नियन्त्रणमा लिएको छ ।

घटना शुक्रबार दिउँसोको हो । जतिबेला यी दुबैबीच नालासम्बन्धी विवाद भइरहेको थियो । भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखत घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई सिकिस्त बनाएको प्रहरीको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.