Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

रणवीरसँग ब्रेकअप भएपछि सबै भन्दा खराब समय बित्याे- कट्रिना

आमाकाे साथले शक्ति दियाे

User Photo मङ्लबार, बैशाख २४, २०७६
काठमाण्डाै ।

बलिउड नायिका कट्रिना कैफ नायकहरुसँगको ब्रेकअपको कारण पनि बेला–बेलामा चर्चामा आइरहन्छिन् । सुरुवाती दिनमा नायक सलमान खानसँग उनको प्रेम चर्चा चल्यो । पछि उनीहरुको ब्रेकअपको समाचारले पनि मिडियामा राम्रो स्थान पायो ।

सलमानसँगको ब्रेकअप पछि कट्रिना नायक रणवीर कपुरको प्रेममा परिन् । सलमान र कट्रिना छुट्नुको कारण पनि रणवीर नै थिए । तर, रणवीर र कट्रिनाको प्रेम लामो समय टिक्न सकेन । ‘अजिब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको उनीहरुको प्रेम ‘जग्गा जासुस’ चलचित्र रिलिज पछि टुट्यो । उनीहरु एक-आपसमा किन अलग भए भन्ने बिषयमा धेरै कारण सार्वजनिक भैरहेका छन् ।

हाल एक अन्तरवार्तामा कट्रिनाले रणवीरसँगको ब्रेकअपको विषयमा बोलेकी छिन् । उनले भनेकी छिन्–‘नयाँ बाटोमा पुग्न पुरानो बाटो छोड्नैपर्छ । हाम्रो बीच जे भयो, त्यसमा मेरो कारणको जिम्मेवारी म लिन्छु । मैले के गर्न सक्थेँ वा मेरो तर्फबाट के कमी भयो त्यसको भागीदार म हो । तर, दोस्रो व्यक्तीको म जिम्मा लिन सक्दिनँ ।’

कट्रिनाले रणवीरसँगको ब्रेकअपपछिको सबै भन्दा खराब समय बिताइरहँदा आफ्नो आमाले साथ दिएको पनि बोलेकी छिन् । उनले भनेकी छिन्–‘मलाई आमाले जे मलाई भइरहेको छ त्यो धेरैलाई हुन्छ भन्नुभएको थियो । म जस्ता धेरै छन् भन्ने कुराले मलाई शक्ती दियो ।’ कट्रिनाले रणवीरसँगको ब्रेकअपपछि पनि खुसीसाथ जीवन बिताइरहेको बताएकी छिन् ।

कट्रिना अहिले आफ्नो नयाँ चलचित्र ‘भारत’को रिलिज पर्खाइमा छिन् । यो चलचित्रमा सलमान खानसँग उनले पर्दा शेयर गरेकी छिन् । हाल कट्रिना अक्षय कुमारसँग चलचित्र ‘सुर्यवंशी’मा पनि काम गरिरहेकी छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.